तपाईँ सुन्दै हुनुहुन्छः

‘गौरा बिशिष्ट पहिचान झल्काउने पर्व’: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गौरा बिशिष्ट पर्व भएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले गौराको अवसरमा शुभकामना दिँदै सामाजिक सद्भावमा चाडपर्वको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभएको छ ।

‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषता हाम्रो देशका अमूल्य निधि हुन्’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘खासगरी कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा मनाइने विशेष हर्ष र उल्लासका साथ मनाइने गौरा नेपालको एक बिशिष्ट पहिचान झल्काउने पर्वको रुपमा परिचित छ ।’

प्रधानमन्त्रीले देशका विभिन्न भूभागमा बोलिने भाषा र विभिन्न क्षेत्रका संस्कृति, भेषभूषा, रितिरिवाज र संस्कारले विविधताबीच एकता, आपसी सम्बन्ध र सामाजिक सदभाव कायम  गराएको उल्लेख गर्नुभएको छ ।

‘हाम्रा चाड पर्व जीवन्त अन्तर–सांस्कृतिक अन्तरघुलनका अनुपम उदाहरण हुन्’ शुभकामना सन्देशमा उल्लेख छ ‘सद्भाव र एकताको प्रवर्द्धन गर्ने हाम्रा अनेकौं पर्व र साँस्कृतिक अवसर मध्येको एक गौरा पर्वले समस्त नेपाली दिदीबहिनी दाजुभाइहरुबीचको आपसी सद्भावलाई अझ मजबुत बनाउने विश्वास गर्दछु ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button