तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतका २० जना कोरोनामुक्त

पर्वत । पर्वतमा कोरोना संक्रमित भई आईसोलेसनमा भर्ना भएका २० जना कोरोनामुक्त भएका छन् ।
कोरोना पुष्टि भई अस्थाई कोरोना अस्पतालमा भर्ना भएका २० जनाको दोस्रो पटकको परिक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गर्न थालिएको हो ।

आज डिस्चार्ज हुनेमा १८ जना पुरुष र २ जना महिला रहेको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो । जिल्लामा कुल संक्रमित ९१ रहेकोमा निको हुनेको संख्या ७१ पुगेको छ । अव आईसोलेसनमा रहेकाको संख्या २० जना मात्रै रहेको देवकोटाले बताउनुभयो ।

जिल्लामा संक्रमित हुने दर घट्दै गइरहेको पर्वत अस्पतालले जनाएको छ । पछिल्लो १ हप्तामा यहाँ मात्र १ जना संक्रमित भेटिएका छन् । क्वारेन्टाइनमा बसेकाहरुको पनि रिर्पोट नेगेटिभ आउन थालेको छ । आज मात्रै क्वारेन्टाइनमा बसेकाहरु मध्ये १९ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button