तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वजका खोजहरुप्रति मजाक नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पमा प्रतिवद्ध रहेको बताउनुभएको छ ।

आम नागरिकको सर्वाेपरी आकाङ्क्षा पूरा गर्ने अभियानमा सरकार निरन्तर लागि रहेको बताउँदै प्रधानमन्त्री ओलीले मानव हुनुको कर्तव्य पूरा गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।

अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले रोग प्रतिरोधी क्षमता बढाउने सन्दर्भमा आफूले नेपालीहरुको भान्सामा प्रयोग भइरहेको बेसा, अदुवा, मेथी मरिचलगायतको प्रयोग महत्वपूर्ण हुने भन्दा कतिपय बुद्धिजीवीलेहरु मजाक उडाएको भन्दै प्रधानमन्त्री ओलीले बुद्धिजिवीहरुलाई पूर्वजका खोजहरुप्रति मजाक नउडाउँ आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाली भूभागबाट उत्पत्ति, प्रयोग र विकास हुँदै आएको योग आज विश्वव्यापी भएको जनाउँदै उहाँले योग अभ्यास शारीरिक तन्दुरुस्तीका लागि अपरिहार्य भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालमा ऊर्वर भूमि र औषधिमय प्रकृति भए पनि पछि परेको भन्दै उहाँले जडिबुठ्टीको युवाहरुलाई अध्ययन खोज र प्रयोगमा जोड दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘राष्ट्रिय योग अभ्यासक्रम’ पुस्तकको लोकार्पण गर्नुभयो ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालयस्तरबाटै योग अध्यास र अध्ययनको क्रमको थालनी भएको बताउँदै निरोगी रहन यसलाई व्यापक बनाउन आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव डा सञ्जय शर्माले राष्ट्रियस्तरमा योगको प्रयोगका सम्बन्धमा सरलीकृत व्याख्या गरेर पुस्तक प्रकाशन गरिएको जानकारी दिनुभयो ।

स्वामी आनन्द अरुणले कोरोना सङ्कटपछि विश्व पूर्ववत् अवस्थामा नरहने र मानसिक रोगी बढ्ने खतरा भएकाले मानसिक स्वास्थ्यतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले मानसिक समस्या भएमा शरीरको प्रतिरोधी क्षमता कमजोर हुने भएकाले योग र ध्यानलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईसमेत सहभागी र्काक्रममा योगगुरु डा हरिप्रसाद पोखरेल, नायक निखिल उप्रेती, साधक सोनाम साथीलगायतले योगको व्यापकताका लागि आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button