तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाको बैठक : बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक पारित

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रियसभाको आज बसेको बैठकले बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक पारित गरेको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले प्रस्तुत गर्नु भएको उक्त विधेयक बैठकले सर्वसम्मते पारित भएको हो ।

बैठकले उद्योग वाणिज्य तथाआपुर्ती मन्त्री लेखराज भट्टले प्रस्तुत गर्नुभएको “प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६ सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले प्रस्तुत गर्नुभएको “तथ्याङ्क विधेयक, २०७६ लाई दफावार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

बैठकमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन २०७५÷०७६ पेस गर्नुभयो ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रमाण ऐन २०३१लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक जेठ २७ गते मङ्गलवार बिहान ११ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button