तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ५ सरकारले जेठ १० गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

बुटवल । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १० गते ३ बजे प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश ५ मा रहेका तराईका ६ जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन केन्द्र बनाउने र आइसोलेसन केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका तथा कोभिड १९ को लक्षण नदेखिएका बिरामी राख्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभएको छ ।

त्यो आइसोलेसन केन्द्र बनाउन प्रदेश कोभिड कोषबाट बजेट दिइने निर्णय पनि बैठकले गरेको छ । यसैगरी जेठ १५ गते गणतन्त्र दिवसमा दिपावली गर्ने र प्रदेश सभामा विपक्षी दलका दिवंगत नेता बलदेव शर्माले पाउने बिमा वापतको १० लाख रकम परिवारलाई प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button