तपाईँ सुन्दै हुनुहुन्छः

चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं, २० साउन त्रिभुवन विमानस्थलमा ड्रयागन एयरको विमानबाट चार किलो सुनसहित एक जना चिनियाँ नागरिक ली निङ्ग्सीलाई  प्रहरीले पक्राउ गरेको छन् । उक्त परिमाणको सुनसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

आइतबार राति उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर, विमानस्थल भन्सार कार्यालयले भने पहेंलो वस्तु बरामद गरेको र उक्त बस्तु सुन नै भए–नभएको पुष्टि भइनसकेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button