तपाईँ सुन्दै हुनुहुन्छः

कोराना भाइरसको प्रभाव : तरकारी बिक्री नभएपछि सल्यानका किसान समस्यामा

सल्यान । व्यवसायिक तरकारी खेती गर्दै आएका सल्यानका किसान तरकारी बिक्री नभएपछि समस्यामा परेका छन् ।

नेपाल सरकारले लकडाउन गरेपछि व्यवसायिक तरकारी गर्दै आएका किसानहरुको बारीमा ताजा तरकारी थन्किएको छ ।

तरकारी खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका किसानहरु दुई साता लामो लकडाउनका कारण तरकारी काम नलाग्ने हुन थालेको बताउन थालेका छन् ।

कोरोना भाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन सकारले सरकारले लकडाउन गरेपछि तरकारीमा बारीमै थन्किएको बनगाड कुपिण्डे नगरपालिका–६ आपखोलीक किसान टोपल बहादुर बुढाक्षेत्रीले बताउनुभयो ।

अधिकांश किसान व्यवसायिक तरकारी खेती गर्दै आइरहे पनि लकडाउनका कारण करोडौंको तरकारी बारीमा रहेको शारदा नगरपालिका–१ शितलपाटीका किसान नविन भडेलले बताउनुभयो ।

टिप्नु पर्ने तरकारी पनि अब काम नलाग्ने हुने हो कि भन्ने चिन्ता छ उहाँले भन्नुभयो, लकडाउन लम्बिएपछि थप समस्या भयो ।

जिल्लाको तरकारी बिक्री हुने मुख्य बजार भनेको श्रीनगर, खलंगा, सल्लीबजार हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button