तपाईँ सुन्दै हुनुहुन्छः

कलैया–जनकपुर चल्ने सार्वजनिक सवारी साधन नहुँदा समस्या

बारा । कलैयाबाट पुर्वतर्फ सार्वजनिक यातायातको साधनहरु चल्न नसक्दा यात्रुलाई निकै नै समस्या परेको छ । प्रदेश २ का राजधानी जनकपुर जान कलैयाबाट जनकपुरका लागि कुनै सार्वजनिक यातायातको प्रबन्ध नहुदा यात्रु अहिले पनि बीरगंज भएर जनकपुरको यात्रा गर्न बाध्य भएका छन् ।

कलैयाबाट बीरगंज र बीरगंजबाट मात्र जनकपुरको गाडी समाउनु पर्दछ शिक्षक साबित्री शर्माले बताउनुभयो ।

करिब ६० किलो मिटर उल्टो दुरी तय गरिनुपर्ने बाध्यता रहेको बरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठले बताउनुभयो ।

कलैयाबाट पिलुवा करिब १८ किलो मिटर दुरी रहेको छ तर कलैयादेखि बीरगंज हुदै पिलुवा पुग्ने ६० किलो मिटर दुरी तय गर्नुको साथ साथै भाडा पनि अधिक लाग्ने भएको हुदा यात्रूलाई निकै कठिनाई हुने गरेको छ ।

बीरगंज भएर पिलुवासम्म पुगनलाई करिब दुई घन्टा लाग्छ तर कलैयाबाट पिलुवा पुग्न १८ मिनेट मात्र लाग्ने गरेको सम्पुर्ण बस व्यवसायी संघ बाराका सदस्य बिजय पटेलले बताउनुभयो ।

भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले पनि सो बिषयमा आफु गम्भिर रहेको र चाडै यो सेवा सुचारु हुने बताउनुभयो । उहाँले प्रदेश सरकारले बैसाख महिनादेखि आफ्नै लगानीमा बीरगंजबाट जनकपुरका लागि पाँच वटा बस सञ्चालन गर्न पाए लागि सबै प्रक्रिया अगाडी बढाईसकेको र अब चाडै टेन्डर भई कामको थालनी हुने बताउनुभयो ।

बिहान ५ः०० बजेदेखि बीरगंजबाट जनकपुरका लागि छुटने बस कलैया, पिलुवा हुदँै जाने कुरामा ढुक्क रहन सबै बारावासीलाई मन्त्री सोनलले आग्रह गर्नुभयो ।

राजधानी जनकपुरदेखि आठ वटा जिल्लाको सदरमुकामसम्म बाटो जोडनु नितान्त आवश्कता रहेको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले बताउनुहुन्छ ।

नागरिकलाई सहज रुपमा कम भाडामा सुबिधा युतm यात्राको व्यवस्था मिलाउन सरोकारवालाहरुको ध्यान जानु पर्ने हो तर किन पहल भईरहेको छैन त्यो चिन्ताको बिषय बनेको छ ।

नागरिकको करबाट चल्ने सरकारले नागरिकको सुविधाका लागि अग्रसर नहुनु आफैमा नागरिकसंँग खेलवाड गर्नु हो अध्यक्ष दासले भन्नुभयो , उहाँले कलैयादेखि जनकपुरसम्मको बस चल्ने रुट मिलाउनुपर्ने सुझाव दिनुभयो ।

बारा बस व्यवसायी संघका अध्यक्ष ओमप्रकाश साहले यातायात कार्यालय बीरगंजमा पनि कलैया जनकपुरका लागि गाडी सञ्चालन गर्ने ईजाजत दिनुपर्ने माग गरे पनि बस व्यवसायी संघ जनकपुरले ईजाजत नदिएका कारण सेवा सुचारु हुन नसकेको जानकारी दिनुभयो । त्यसका लागि पहल गरिदिन सबैलाई उहाँले आग्रह समेत गर्नुभयो ।

कलैयाबाट पिलुवासम्म राम्रो पिच भईसकेको हुँदा प्रमुख जिल्ला अधिकारी फनिन्द्रमयो रुटबाट गाडी चलाउन पनि सहज हुनेछ उहाँले थप्नुभयो ।

त्यति मात्र नभई कलैयाबाट पिलुवासम्म पनि गाडी चलाउनुपर्ने आवश्कता रहेको महिला अधिकारकर्मी बबिता जसवाल बताउनुहुन्छ । उहाँले यो रुटमा गाडी चल्न थाल्यो भने पिलुवाबाट पुर्व जानका लागि सजिलो हुनुको साथ साथै समय र पैसाको बचत हुनेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button