लगानी सहजीकरणसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट स्वीकृत
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/06/RS-KTM-111719310386827copy-1024x683.jpg)
काठमाडौँ । प्रतिनिधिसभाबाट लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ बहुमतले स्वीकृत भएको छ ।
सभाको आजको बैठकमा विधेयकमाथि उठेका सैद्धान्तिक छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जवाफ दिनुभएको थियो । तत्पश्चात् सभामुख देवराज घिमिरेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्नुभएको थियो । रासस
प्रतिक्रिया राख्नुहोस्