तपाईँ सुन्दै हुनुहुन्छः

रवीन्द्र जडेजाद्वारा टि–२० बाट सन्न्यास घोषणा

भारतका अलराउन्डर रवीन्द्र जडेजाले आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट शनिबार आइसीसी टि–२० विश्वकप सन् २०२४ को उपाधि जितेपछि टि–२० अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा गर्नुभएको छ । 

जडेजाले सन् २००९ को फेब्रुअरीमा श्रीलङ्काविरुद्ध टि–२० मा डेब्यू गर्नुभएको थिए । अलराउन्डरले कुल ७४ खेलमा २९ दशमलव ८५ को औसतका साथ ५४ विकेट लिन सफल हुनुभयो ।

जडेजाले सन् २०२१ को आइसिसी टि–२० विश्वकपमा स्कटल्याण्डविरुद्ध चार ओभरको स्पेलमा मात्र १५ रन दिएर तीन विकेट लिनुभएको थियो । अर्कोतर्फ, ब्याटका साथ उहाँको उत्कृष्ट प्रहार सन् २०२२ मा इङ्ल्यान्डविरुद्ध आएको थियो । उक्त खेलमा उहाँले २९ बलमा ४६ रन बनाउँदै भारतलाई ४९ रनले जिताउन मद्दत गर्नुभएको थियो । 

अर्शदीप सिंह, जसप्रित बुमराह र हार्दिक पाण्ड्याको डेथ बलिङको उत्कृष्ट प्रदर्शन र विराट कोहली र अक्षर पटेलको उत्कृष्ट प्रहारले भारतले दक्षिण अफ्रिकालाई सात रनले हराएर दोस्रो आइसिसी टि–२० विश्वकपको उपाधि जितेको छ ।

यसैबीच, भारतले सन् २०१३ मा च्याम्पियन्स ट्रफीपछि आफ्नो पहिलो आइिसीसी उपाधि जित्दै ११ वर्ष लामो आइसिसी ट्रफी खडेरीको अन्त्य गरेको छ । भारत अपराजित हुँदै उपाधि कब्जा गर्ने पहिलो टोली भएको छ । 

प्रतियोगिताको अन्तिम खेलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । एक समय ३४÷३ को अवस्थामा विराट ९७६० र अक्षर पटेल ९३१ बलमा एक चौका र चार छक्कासहित ४७ रन० बीचको प्रतिआक्रमणकारी साझेदारीले खेलमा भारतको स्थिति पुनःस्थापित गरेको थियो । 

विराट र शिवम दुबे ९१६ बलमा तीन चौका र एक छक्कासहित २७ रन० बीचको ५७ रनको साझेदारीले भारतले २० ओभरमा १७६÷७ मा पुर्याएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button