तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाका विभिन्न ठाउँमा रोपाई महोत्सव सम्पन्न

जनकपुरधाम । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ को अवसरमा धनुषाका विभिन्न पालिकामा धुमधामका साथ रोपाई दिवस सम्पन्न भएको छ ।

“जलवायु मैत्री प्रविधि धान उत्पादनमा वृद्धि” मूल नारासहित कृषि ज्ञान केन्द्र धनुषाको आयोजनामा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नंं ३ पकडीयामा आज रोपाई दिवस सम्पन्न भएको छ । त्यस अवसरमा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख सुखदेव यादव, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीया, सुरक्षा निकायका प्रमुखहरू, ज्ञान केन्द्र धनुषाका प्रमुख डा. रामचन्द्र यादव सहितका कृषि क्षेत्रका अगुवा तथा किसानहरूले करिब ५ कट्ठामा धान रोपाई गर्नुभयो ।

तराई मधेशका जिल्लाहरूमा असार भरि नै धान रोपाई हुने भएकाले १५ गतेपछि रोपाइँले तीव्रता लिएको ज्ञानकेन्द्रका प्रमुख डा. यादवले जानकारी दिनुभयो ।

जिल्लामा ५६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा यस पटक मनसुनी वर्षा समयमा नै शुरु भएका कारणले धान रोपाई हुने क्षेत्रफलमा वृद्धि हुनुका साथै धानको उत्पादनमा वृद्धि हुने विश्वास कृषि ज्ञान केन्द्रको रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button