तपाईँ सुन्दै हुनुहुन्छः

पाठेघर खसेका १३७ महिलाको निःशुल्क शल्यक्रिया

रोल्पा । रोल्पा अस्पताल रेउघामा यही असार ६ गतेदेखि सञ्चालन गरिएको पाठेघर खस्ने समस्या भएका बिरामी महिलाको निःशुल्क शल्यक्रिया (अप्रेसन) शिविर सम्पन्न भएको छ ।

शिविरमा उपचार रोल्पाका ७७ जना, रुकुम पूर्वका २१ जना र प्युठानका ३९ जना गरी तिन जिल्लाका करिब १ सय ३७ जना महिलाको पाठेघरको सफल अप्रेसन गरिएको छ ।

३९ वर्षदेखि ८६ वर्ष उमेर सम्मका महिलाहरूको पाठेघरको अप्रेसन गरिएको हो शल्यक्रिया गरिएका महिलाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको रोल्पा अस्पतालकी मेसु डाक्टर लोकरत्ना ज्ञवालीले बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको आयोजना, रोल्पा अस्पताल, स्वास्थ्य कार्यालय रोल्पा, तिन वटा जिल्लाका स्थानीय तहहरूको व्यवस्थापन र कोहलपुर बाँकेस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँकेको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button