तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा रसाइली

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित हुनुभएको छ ।

काठमाडौँमा आज सम्पन्न महासङ्घको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

रसाइलीले दुई सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामुदामुले एक सय ८४ मत प्राप्त गर्नुभयो । महासङ्घको वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य र उपाध्यक्षहरूमा धर्मसुन्दर बज्राचार्य, वुद्धिबहादुर विक दियाली, रुपदल विश्वकर्मा विजयी हुनुभयो ।

यस्तै, महासचिवमा किरणभाई बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवमा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित हुनुभएको छ ।
महाधिवेशनमा चार सय ४६ प्रतिनिधि रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button