तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा जिप दुर्घटना: ८ जनाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका वडा नम्बर ३ मा पर्ने परेवा छहरा भन्ने ठाउँमा जीप दुर्घटना भएको छ ।

लु १ ज ३२५२ नम्बरको जिप सडकबाट करिब साढे चार सय मिटर तल खसेको र ८ जनाको मृत्यु भएको प्रत्यक्षदर्शीले जानकारी दिए । 

जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या हाल सम्म ८ पुगेको छ भने मृतकको पहिचान खुलेको छैन मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । घर्तिगाउ बजारबाट तालावाङ गाउँतर्फ यात्रु लिएर जाँदै गरेको जिप दुर्घटनामा परेको र उद्धार कार्य जारी रहेको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

स्थानीय, प्रहरी र नगर प्रहरीहरू उद्धार कार्यमा खटिएका छन् दुर्घटनामा परेको जिपमा एकै गाउँ तालाबाङका १३/१४ जना यात्रु सवार रहेको स्थानीयहरूले बताएका छन् । 

जिप दुर्घटना र मृतक तथा घाइतेबारे थप विवरण आउन बाकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button