तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ‘प्रचण्ड’ र अध्यक्ष ओलीबीच सरकारलाई प्रभावकारी बनाउने बारेमा गम्भीर छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको काम कारवाहीलाई थप प्रभावकारी बनाउनेबारेमा छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच आज बिहानदेखि तीन घण्टा लामो भेटवार्तामा बाहिर हल्ला चलाए जस्तो वर्तमान सरकारको समीकरणमा कुनै समस्या नरहेको र समस्या आउन नदिने बारेमा छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् पुनर्गठन, शान्ति प्रक्रियाका बाँकी काम चाँडै टुङ्गोमा पुर्‍याउने लगायतका समसामयिक विषयमा समेत छलफल भएको थियो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार अध्यक्ष ओलीले काँग्रेससँग मिलेर नयाँ सरकार बनाउने तयारी एमालेले नगरेको बारेमा विश्वस्त तुल्याउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button