तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न काँग्रेसको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।     

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो । 

नेपाली काँग्रेस र एमालेबिच सत्ता समीकरणका लागि सहमति भएसँगै समीकरणमा अन्य दलको समेत समर्थन रहने प्रवक्ता डा महतले बताउनुभयो ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button