तपाईँ सुन्दै हुनुहुन्छः

अलपत्र खरेन्द्रपुरको फेरियो मुहार, स्थानीय हर्षित

कपिलवस्तु । कपिलवस्तुको खरेन्द्रपुर–शीतलापुर–भिल्मी सडकको विकास निर्माण कार्यले गति लिएपछि स्थानीय हर्षित भएका छन् ।

विगत ४ बर्ष बढीको धुलाम्मे, हिलाम्मे लगायतको सास्तीपछि सडक खण्डको स्तरोन्नति, सडक पिच, नाली निर्माण, माटो पटान जस्ता कार्यले गति लिएपछि स्थानीय हर्षित भएका हुन् ।   

‘लामो समयपछि बाटो बनेको छ अत्यन्तै खुसी लाग्यो । धुलोको सास्तीले बिरामी हुने अवस्थामा पुगेका थियौँ तर यतिबेला सडक कालोपत्रे भएपछि खुसी छौँ’ ,स्थानीय आनन्द यादवले भन्नुभयो ।

खरेन्द्रपुर चोकदेखि महाराजगञ्ज, तौलिहवा, लुम्बिनी, हुलाकी रोड, भारतको कोटिया लगायतको स्थानमा जोडने सडक बीचमा अलपत्र बनेपछि स्थानीयसँगै यात्रुलाई सास्ती भएको दिलाराम खनालले बताउनुभयो ।

यस्तै, सास्ती पाएका स्थानीय मोहन पौडेलले केही महिना अघि सडक कालोपत्रे हुँदा पसल बन्दा गरेर बस्नुपर्ने बाध्यता हटेको बताउनुभयो । निर्माण कार्य समयमा सम्पन्न नहुँदा पसल बन्दा गरेर बस्नु परेको थियो । अब भने सहजरुपमा आवतजावत गर्नदेखि व्यापारमा समेत प्रभावकारी भएको उहाँले जनाउनुभयो ।

२०७६ कार्त्तिक २९ सम्झौता भई २०७९ कार्त्तिक २८ गते सम्म निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

स्वच्छन्द सिरुवा वल्डवाइड जेभी निर्माण कम्पनीले संयुक्त रुपमा ठेक्का पाएको थियो । जसमा सिरुवा कम्पनीले काम गर्दागर्दै बीचमा अलपत्र अवस्थामा छाडेको थियो । 

यता हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका इन्जिनियर पवित्रमणी आचार्यले समयमै निर्माण कार्य सम्पन्न गर्ने बताउँदै नगरेको खण्डमा निर्माण व्यवसायीलाई कारबाही गर्ने बताउनुभयो ।

पुरानो सम्झौता संशोधन गरी आगामी २०८१ चैत १३ गते निमार्ण कार्य सम्पन्न हुनेगरी ७७ करोड ४८ लाखमा पुनः कार्य सञ्चालन गर्ने स्वच्छन्द निर्माण कम्पनीले जिम्मा पाएको हो । 

उक्त सडकको लम्बाई १८.८२० किलोमिटर रहेको हुलाकी राजमार्ग योजना कार्यालय गोरुसिङ्गे कपिलवस्तुकाले जनाएको छ ।

ठेकेदार पक्षले गुणस्तरीय काम गरेको जिकिर गर्नु हुँदै पछिल्लो समय स्वच्छन्द कम्पनीले गत चैत्र १५ बाट सुरु भएको कार्य साढे २ किलो मिटर कालोपत्रे गरि सकेको आचार्यले बताउनुभयो । गर्न बाँकी रहेको कार्य जारी रहेकोले समयमै सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button