तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपहाडी राजमार्गको रानिकोटमा पुनः पहिरो जाँदा सडक अवरुद्ध

रुकुम पूर्व । मध्यपहाडी राजमार्गको रानिकोटमा पुनः पहिरो गएको छ । पहिरोका कारण मध्यपहाडी राजमार्गको रानिकोट सडकखण्ड अवरुद्ध भएको छ ।

निरन्तर परेको वर्षाका कारण मध्यपहाडी राजमार्गको रानिकोटमा मङ्गलवार साँझ ७ बजेतिर पहिरो गएपछि आज दिउँसो १ः०० बजे उक्त पहिरो हटाइएको थियो । तर लगातारको बर्षाले पहिरो हटाइएको १ घण्टामै पुनः ठुलो पहिरो गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका ट्राफिक प्रहरी प्रमुख मद्यु श्रेष्ठले जानकारी दिनुभयो ।

रानीकोटमा पहिरोले पुनः सडक अवरुद्ध हुँदा रुकुम पश्चिम हुँदै रुकुम पूर्व, पोखरा, काठमाडौँ जाने र रुकुम पूर्वबाट पनि रुकुम पश्चिम, सल्यान, दाङ, नेपालगन्ज जाने सवारी साधनहरू रोकिएका छन् ।

ट्राफिक प्रहरी प्रमुख श्रेष्ठका अनुसार पहिरो पन्छाउने कोशिस भइरहे पनि माथिबाट पहिरो झरिरहेका कारण सडक सुचारु गर्न सकिएको छन् ।

केही दिनयता ठुलो वर्षासँगै आएको पहिरोले रुकुम पूर्वका अन्य सडकहरू पनि अवरुद्ध छन् । सडक अवरुद्ध हुँदा यात्रुवाहक तथा मालवाहक सवारी साधनहरू रोकिएका छन् ।

मध्यपहाडी राजमार्गको रानिकोट सडक खण्ड भिरालो हुँदा पहिरोको उच्च जोखिम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button