तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतले पारित

कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनअन्तर्गत आज बसेको २१औँ बैठकबाट बजेट सर्वसम्मतले पारित भएको हो ।

सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीलाई ‘कर्णाली प्रदेशसभा नियमावली २०७९’ को नियम १४७ को उपनियम ५ बमोजिम ‘कर्णाली प्रदेश विनियोजन तथा आर्थिक विधेयक २०८१’ सहित समग्र बजेट पारितका लागि सभामा प्रस्ताव गर्न समय दिनुभएको थियो ।

सभामुख गुरुङको निर्देशनअनुसार मन्त्री केसीले बजेट पारितका लागि सभामा प्रस्ताव गर्नुभयो । बजेट पारितका लागि मन्त्री केसीले प्रस्ताव गरेसँगै सभामुखले प्रदेश सरकारको आगामी आव २०८१र८२ को ल्याएको रु ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सर्वसम्मतले पारित भएको घोषणा गर्नुभयो ।

उहाँका अनुसार अर्को बैठक यही असार २३ गते दिउँसो ३ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button