तपाईँ सुन्दै हुनुहुन्छः

बेलायतको नयाँ प्रधानमन्त्रीमा स्टार्मर नियुक्त

काठमाडौँ । बेलायतमा भएको संसदीय निर्वाचनमा लेबर पार्टीले अत्यधिक बहुमत हासिल गरेपछि नयाँ प्रधानमन्त्रीमा किअर स्टार्मर नियुक्त हुनुभएको छ ।

निवर्तमान प्रधानमन्त्री तथा कन्जर्भेटिभ पार्टीका नेता ऋषि सुनकले बकिङ्गम दरबार पुगी राजा चार्ल्सलाई राजीनामा बुझाउनुभएपछि स्टार्मर नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

राजा चार्ल्सलाई भेटेर प्रधानमन्त्रीको नियुक्ति लिनुभएपछि स्टार्मरले टेन डाउनिङ स्ट्रीटस्थित प्रधानमन्त्री कार्यालय पुगी नयाँ मन्त्रीमण्डल गठन शुरु गर्नुभएको छ ।

नयाँ प्रधानमन्त्री स्टार्मरले आफ्नो मन्त्री मण्डलमा सांसद रिचल रिभ्स्लाई चान्सलर, ऐन्जेला रेनरलाई उप प्रधानमन्त्री, भिटे कुपरलाई गृहमन्त्री र डेभिड ल्यामीलाई विदेशमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

विगत १४ वर्षदेखि कन्जर्भेटिभ पार्टीको सरकार रहेको बेलायतमा यसपालि लेबर पार्टीले ६५० मध्ये ४१२ सीट जितेको हा ।े संसद्मा बहुमतका लागि ३२६ सीट आवश्यक पर्दछ ।

यसपालि हाउस अफ कमन्समा पुग्ने महिलाको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक रहेको छ । अहिलेसम्म २४० भन्दा बढी महिला उम्मेदवार सांसद निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button