तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिने

file photo

काठमाडौँ । नेकपा माओवादी केन्द्र पदाधिकारीको आकस्मिक बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलवार बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।
बैठकपछि सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले नदिने र संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
सरकारलाई समर्थन गरेको कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button