तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभामा विनियोजन विधेयक, २०८१ अन्तर्गत सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेक्रम जारी 

File Photo

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिनेक्रम जारी रहेको छ । 

छलफलमा उठेका विषयमा जवाफ दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले निजामती ऐन समयमा बन्न नसक्दा कर्मचारी व्यवस्थापनमा सबैभन्दा बढी समस्या भइरहेको बताउनुभयो ।

उहाँले कर्मचारीहरूको रूपान्तरण नभई देश विकास हुँदैन भन्नेमा प्रष्ट रहेको भएपनि कर्मचारीहरूको रूपान्तरणमा चुनौतीहरू रहेको र निजामती सेवा ऐन बन्न नसक्दा तीनै तहको कर्मचारीका कारण कार्यसन्चालनमा समस्या भइरहेको बताउनुभयो ।

कर्मचारीको सरुवा बढुुवालगाएतका विषयमा विधि पद्धति र निश्चित मापदण्ड नहुँदा समस्या भइरहेको बताउनुभयो । वन तथा वातावरण मन्त्री नवकिशोर साह सुडीले बनको संवर्द्धन प्रणालीमा आधारित रहेका र वनको दिगो व्यवस्थापनका लागि राष्ट्रिय मापदण्ड स्वीकृत गरी वन व्यवस्थापनको कार्य शुरु गरिएको बताउनुभयो । 

मन्त्री साहाले वन ऐन समयानुकूल हुन नसक्दा काम गर्र्न कठिन भइरहेका र नयाँ ऐन ल्याउन धेरै ढिलाइ गर्न नहुने बताउनुभयो । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवालाई मदिरा सुर्ती र कुलतबाट जोगाउने तथा भावी योजना बनाउन नसकेर अलमलमा रहेका युवाहरूलाई सही मार्गमा ल्याउने उद्देश्यका साथ युवा परामर्श तथा मार्गदर्शन कार्यक्रम ल्याइएको बताउनुभयो ।

मन्त्री ढकालले स्थानीय स्तरदेखि नै खेलकुद सम्बन्धी तालिम प्रदान गर्न खेलकुद प्रशिक्षक खटाइएको र बृहत् खेलकुद तयारी तथा अन्तर्राष्ट्रिय स्तरको खेलकुद विकासका लागि विशेष खेलकुद प्रशिक्षण कार्यक्रम सञ्चलन गरी रकम विनियोजन गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button