तपाईँ सुन्दै हुनुहुन्छः

पानीको निकास नहुँदा लुम्बिनी प्रदेशका मन्त्रालयहरू डुबानमा

दाङ । लुम्बिनी प्रदेशका मन्त्रालय परिसरमा पानीको निकास नहुँदा मन्त्रालयहरू डुबानमा परेका छन् ।

शुक्रबार साँझदेखि परेको अविरल बर्षाका कारण राप्ती उपत्यका देउखुरी भित्र रहेका मन्त्रालयहरू समेत डुबानमा परेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय डुबानमा परेका छन् भने अन्य मन्त्रालयहरुको आँगन जलमग्न भएको छ ।

एउटै कम्पाउन्डभित्र रहेका यी मन्त्रालय नजिकै कन्स्ट्रक्सनको काम भइरहेकोले निकास नहुँदा झन् समस्या भएको लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । वर्षा रोकिएपछि जम्मा भएको पानी तत्काल हटाउने सचिव पुनले बताउनुभयो । राजधानी स्थापना भएपछि पानीको सहज निकास छैन । जसले गर्दा समस्या दोहोरिने गरेको छ ।

तीन अर्बको लागतमा राजधानी क्षेत्रमा प्रशासनिक भवनहरू निर्माणको काम भइरहेको छ । एक झर पानी पर्दा पनि सङ्कलन भएको पानीको उचित निकास छैन ।

पक्की नाला निर्माण गरेर पानीको निकासको व्यवस्थापन गरिएको भए पनि सहज रुपमा पानी बग्ने गरेको छैन । हाल चालु र निर्माणाधीन रहेका मन्त्रालयको परिसरमा पानी जम्मा भएको छ । गत वर्ष पनि मन्त्रालयहरूमा यस्तै डुबानको समस्या थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button