तपाईँ सुन्दै हुनुहुन्छः

स्यालको आक्रमणबाट १० जना घाइते 

कपिलवस्तु  । कपिलवस्तुको विजयनगर गाउँपालिकामा स्यालको आक्रमणबाट १० जना घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ३ अन्तर्गत पत्थरदेइया र महादेइया बस्तीमा आक्रमण भएको हो ।

आक्रमणबाट घाइते हुनेहरूमा पत्थरदेइया निवासी १२ वर्षीय महाजार आलम, ५२ वर्षीय कृष्ण यादव, ५२ वर्षीया राजमती कोरी, ५५ वर्षीय जगनाथ अहिर, ५० वर्षीय भोला पासी, महादेइया निवासी ५० वर्षीय बव्बु केवट, मुन्ना लाल चौधरी, ३५ वर्षीय शिवकुमार यादव र १५ वर्षीय अर्जुन यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार बिहीबार राति स्यालले दुवै बस्तीमा आक्रमण गरेको थियो । घाइतेहरूलाई उपचारका लागि शिवराज अस्पताल, बहादुरगन्ज लगिएको थियो। तर, अस्पतालमा रेबिजको खोप (भ्याक्सिन) सकिएपछि ४ जनालाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ । स्यालको आक्रमणका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन् । घटनापछि सुरक्षा सतर्कता बढाउनुपर्ने विषयमा ध्यान जान जरुरी रहेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button