तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा एक सुत्केरी महिलाको मृत्यु

अछाम । अछाममा एक सुत्केरी महिलाको उच्च रक्तस्रावका कारण मृत्यु भएको छ। आज जिल्लाको ढकारी गाउँपालिका ६ कि २९ वर्षीय सरिता देवि जैसीको मृत्यु भएको प्रहरीले जनाएको छ।

गएराति उनलाई सुत्केरी बेथा लागेको र स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लग्ने क्रममा राति ३ बजे बाटोमै सुत्केरी भएकी सरिताको मृत्यु भएको हो। बिच बाटोमै छोराको जन्म दिएकी उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्‍याएको थियो र उनको उच्च रक्तश्राव भएपछि थप उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन पुर्‍याएकोमा उनको बिहान १० बजेर १५मिनेट मा जाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button