तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा ६ महिनामा १२ जना बालिका बलात्कार घटनामा पीडित  

सप्तरी । सप्तरीमा ६ महिनामा १२ जना बालिका बलात्कार घटनामा पीडित भएका छन् ।   

जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार सन २०२४ जनवरीदेखि जुनसम्मको अवधिमा भएको १२ घटनामा १४ देखि १७ वर्ष उमेर समूहका १२ जना बालिका बलात्कार घटनामा पीडित भएका छन् । जसमध्ये एक जना अपाङ्गता भएकी बालिका छिन ।  

यी घटनाहरू सप्तरीको नौ ओटा नगरपालिकामध्ये ६ ओटा पालिका र नौ गाउँपालिकामध्ये तीन वटा पालिकामा बालिका बलात्कारका घटना भएका हुन ।  

घटनामा संलग्न आरोपितहरूमा १५ देखि १६ वर्ष उमेर समूहका बालकदेखि ३० वर्ष उमेर समूहका १२ जना रहेका छन् । आरोपितहरूमध्ये पुर्पक्षका लागि थुनामा तीन, बाल सुधार गृहमा एक र फरार ६ जना छन् ।

जिल्ला प्रहरी कार्यालयका एसपी गजुसिद्दी ब्रजाचार्यले हालै जेठ ३१ गते २० वर्षीय र असार ७ गते २३ र २५ वर्षीय युवक गरी तीन जना आरोपित अनुसन्धानका लागि गिरफ्तार भएको बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button