तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुरस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक चालकको मृत्यु भएको छ ।

नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा/५५ प २२६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा प्युठान घर भएका ३२ वर्षीय चालक पूर्ण बहादुर घर्तीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका घर्तिको नर्सिङ होम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको जनाएको छ दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button