तपाईँ सुन्दै हुनुहुन्छः

सुन चोरी र खरिद–बिक्रीमा संलग्न ६ जना पक्राउ,म्याद थप गरी अनुसन्धान

सुन चोरी/खरिद–बिक्रीमा संलग्न आरोपितहरू 

झापा । झापामा सुन चोरी र खरिद–बिक्रीको घटनामा संलग्न ५ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार करिब एक महिनाअघिको चोरीको घटनामा संलग्न भएका मुख्य आरोपी कमल गाउँपालिका–३ का २२ वर्षीय सुस्मन थापा, चोरीको सुनको औँठी बिक्री गर्ने कमल–३ का २७ वर्षीय कृष्ण थापा, सुनको औँठी खरिद गर्ने झापा गाउँपालिका–३ स्थित पाथीभरा बराइली ज्वेलर्सका सञ्चालक ४३ वर्षीय अर्जुन विश्वकर्मा र नितेश बराइली, सुनको औँठी खरिद गर्ने प्रतीक्षा भेराइटी किराना पसल सञ्चालक मेचीनगर नगरपालिका–१० का ४० वर्षीय सुरेशकुमार दास र चोरीको औँठी, सिक्री र चाँदीको ब्रास्लेट खरिद गर्ने अर्जुनधारा–११ स्थित गिरीबन्धु टिस्टेटमा काम गरी सोही बगानको क्वार्टरमा बस्ने ५१ वर्षीय सुनिल राजवंशीलाई पक्राउ गरी हिजो सार्वजनिक गरिएको हो ।

इलाम रोङ गाउँपालिका–५ स्थायी घर भई हाल अर्जुनधारा–११ मा बस्दै आएकी ३६ वर्षीया दुर्गादेवी श्रेष्ठ र अर्जुनधारा–११ स्टाफचोककी ५१ वर्षीया उमा श्रेष्ठको घरमा गत जेठ १८ गते तथा विर्तामोड नगरपालिका–५ नयाँ नमुना टोलकी ३५ वर्षीया गङ्गा काफ्ले पौडेलको घरमा गत जेठ २१ गते चोरी भएको थियो । सोही घटनाको अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडले चोरीमा संलग्नहरूलाई असार १७ गते चोरीका सामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरूलाई हिजो नै झापा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी चन्दले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button