तपाईँ सुन्दै हुनुहुन्छः

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहयोग पुर्‍याउन प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्ने समय दिएकोमा प्रधानमन्त्रीको राजीनामा नआएपछि समर्थन फिर्ता लिने निर्णय गरिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने सहमति भएपछि मङ्गलवार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न सुझाव दिएको प्रमुख सचेतक वर्तौलाले बताउनुभयो ।

एमालेबाट सरकारमा सहभागी मन्त्रीहरू आजै फिर्ता हुने नेकपा एमालेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button