तपाईँ सुन्दै हुनुहुन्छः

भैरहवाको विशेष आर्थिक क्षेत्र सेजमा ६९ प्लट भाडामा, ८ वटा उद्योग सञ्चालनमा 

भैरहवा । भैरहवाको विशेष आर्थिक क्षेत्र सेजमा अहिले सबै प्लटहरू प्याक भएको पाइएको छ । ५२ बिगाहा क्षेत्रफलमा रहेका सम्पूर्ण ६९ वटा प्लटहरू भाडामा गइसकेको विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक तुलसीराम मरासिनीले बताउनुभयो । 

अहिले सेजमा शक्ति मिनरल्स प्राली, विस्तार ग्लोबल प्राली, तिरुपति मेटल प्राली, ब्रिलियन्ट लाईटिङ्ग ईण्डष्ट्रि, पञ्चकन्या एसएस प्राली, यस प्लाष्टिक प्रोडक्ट र जय बुद्ध मेटल क्राफ्ट र हिमालयन ग्रेनाइट गरि जम्मा ८ वटा उद्योगहरू सञ्चालनमा रहेका छन् । यस्तै ईको नेपाल ईनर्जी प्राली, आर्शी ईण्डष्ट्रिज, स्पर्ट ईलेक्ट्रोनिक ईण्डष्ट्रिज, निर्माणको चरणमा रहेका छन् । यस बाहेक मिशाख शेख, लार्के हिमाल जडीबुटी प्राली, व्हाईट माउण्टेन माईनिङ्ग प्राली, दिपेश चालीसे, राहुल जैन, तान्या एग्रो प्राली र डाटा वर्ल्ड प्रालीले भैरहवा सेजसंग सम्झौता गरेको भैरहवा सेजले जनाएको छ ।

महँगो भाडा, निर्यात सिमामा देखिएको कठिनाइ, उद्योगलाई कर्जा लगायतको समस्या  सेजमा रहेका उद्योगीहरूको गुनासो भएकोमा सरकारले यी विषयहरूलाई सम्बोधन गर्दै लगेको छ निमित्त कार्यकारी निर्देशक मरासिनीको बताउनुभएको छ ।

विशेष आर्थिक क्षेत्र ऐन, २०७३ मा विशेष आर्थिक क्षेत्रमा स्थापना भएका उद्योगबाट उत्पादन गरेको कम्तीमा साठी प्रतिशत वस्तु वा सेवा निर्यात गर्नुपर्ने व्यवस्था गरेको थियो । यसलाई मिति २०८१।१।१६ मा लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई  संशोधन गर्न बनेको अध्यादेश बमोजिम सो प्रावधानलाई संशोधन गरी उत्पादन सुरु गरेको मितिले चार वर्षसम्म उत्पादनको कम्तीमा १५ प्रतिशत र त्यसपछिका वर्षमा उत्पादनको कम्तीमा ३० प्रतिशत बस्तु तथा सेवा निर्यात गर्नुपर्ने व्यवस्था बनाइएको छ ।

उपदफा ९२० मा रहेको अनुमतिपत्रवालाले विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योग सञ्चालनमा आएको मितिले एक वर्ष भित्र त्यस्तो उद्योगबाट उत्पादन गरेको वस्तु वा सेवा नेपालको आन्तरिक बजारमा बिक्री गर्न सक्ने प्रावधानलाई तीन बर्ष बनाइएको मरासिनीले बताउनुभयो ।  

 सुरुमा अनुमतिपत्र लिई वा दर्ता भई सञ्चालनमा रहेको उद्योगको लगानीकर्ताले उद्योग विशेष आर्थिक क्षेत्रमा स्थानान्तरण गरी उद्योग सञ्चालन गर्न नसक्ने छैन र प्रयोगमा ल्याइसकेका मेसिन, औजार वा उपकरण विशेष आर्थिक क्षेत्रमा प्रयोग वा हस्तान्तरण गर्न नसकिने व्यवस्था गरेको थियो । हाल सोलाई संशोधन गरी विशेष आर्थिक क्षेत्रमा उद्योग स्थानान्तरण गरी सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ ।

उद्योगीहरूले सेजमा उद्योग स्थापन गर्न प्राधिकरण विभिन्न विषयहरूमा सहुलियतको लागि प्रयास गरिएको मरासिनीको भनाई छ । सेजको भाडा सुरुमा प्रति वर्गमिटर १ सय ५० रुपैयाँ तोकिएकोमा अहिले त्यसलाई परिमार्जन गरि २० रुपैयाँ पुर्‍याइएको  छ । उद्योगीहरूले यसलाई पनि महङ्गो भयो भनेको कारण यसलाई पुनः १० रुपैयाँमा झार्ने तयारी प्राधिकरणले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button