सहाना प्रधान स्मृति यू–१९ : बागमती प्रदेशको विजयी सुरुवात
काठमाडौँ । बागमती प्रदेशले प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्दै विजयी सुरुआत गरेको छ ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आइतबार सम्पन्न पुरुषतर्फको खेलमा बागमतीले मधेश प्रदेशलाई ३–१ को सेटमा पाखा लगाएको हो ।
अर्को खेलमा लुम्बिनी प्रदेशले विजयी सुरुआत गरेको छ । खेलमा महिलातर्फ लुम्बिनीले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराएको हो ।
प्रतिक्रिया राख्नुहोस्