खोलाले बगाउँदा एक पुरुषको मृत्यु
गुल्मी । गुल्मीमा छल्दि खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ निवासी ७० वर्षीय खुमबहादुर नेपालीको छल्दि खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो ।
असार ७ गते मुसिकोट नगरपालिका वडा नम्बर– १ अरेवा ससुराली गएका नेपालीलाई अर्को दिन घर फर्किँदा छल्दिखोला तर्ने क्रममा खोलाले बगाएको थियो । खोलाले बगाएका मृतक नेपालीको शव मुसिकोट नगरपालिकाको बडिगार्ड जुमई स्थित खोला किनारमा फेला परेको थियो ।
माछा मार्ने क्रममा खोला किनारमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्