तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा सर्पले टोकेका बिरामीको चाप, वैशाख यता १६ जनाको मृत्यु 

बाँके । तराइका जिल्लामा सर्पदंशका बिरामी बढ्न थालेका छन् । सर्पको उपचार हुने नेपालगन्जस्थित भेरी अस्पतालमा सर्पले टोकेका बिरामीको चाप बढेको छ। अस्पतालको आकस्मिक कक्ष र आइसियु वार्ड यतिबेला सर्पले टोकेका बिरामीले भरिन थालेका छन् ।

लुम्बिनी कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लास्थित अस्पतालबाट रेफर भएर सर्पले टोकेका बिरामी उपचारको लागि आउन थालेपछि भेरी  अस्पताल भरिभराउ हुन थालेको हो ।

सर्पले टोकेर समयमा अस्पताल ल्याउन सके बिरामीको ज्यान जोगाउन सकिने भएकाले झारफुकमा नलाग्न अस्पतालमा भेटिएका बिरामीहरूले सुझाव दिएका छन् ।

सर्पले टोकेमा गाउँघरमा झारफुकको भरपर्दा यसले झनै जोखिम बढाउने गरेको छ । यस्ता परम्परागत विधिमा भरपर्दा  ज्यानै जोखिममा परेपछि अन्तिममा अस्पतालमा आएर ज्यान जोगाउन सफल भएको बिरामीका आफन्त पूजा परियारको भनाई छ ।

भेरी अस्पतालको तथ्याङ्क हेर्ने हो भने  यसबर्ष बिरामीको चाप बढ्नुका साथै गतबर्ष भन्दा दोब्बर बढीको सर्पदंशका कारण मृत्यु भइसकेको छ। यसबर्ष वैशाख देखि हालसम्म बिषालु सर्पले टोकेका १सय  २० जनाभन्दा बढी बिरामीको उपचार भएको छ। अस्पताल  आउँदा आउँदै र उपचारकै क्रममा १६ जनाको ज्यान गएको भेरी  अस्पतालका  एनेस्थेसियोलोजिष्ट डाक्टर पारस पाण्डेले बताउनु भएको छ ।

नेपालमा गोमन करेट र भाइपर प्रजातिका बिषालु सर्पले धेरैलाई टोक्ने गरेको पाइन्छ।गोमन र करेट सर्पले टोक्दा न्युरो टक्सेभेनोममा असर  गर्ने भएकाले मस्तिष्क र स्नायुमा प्रभाव पार्छ।जसका कारण मानिसहरूको मृत्यु हुने जोखिम धेरै  हुन्छ । 

भाइपर सर्पमा हेमोटक्सिन हुन्छ जसले शरीरमा रगतलाई खराब गर्छ। भेरी अस्पतालले तराईमा पाइने कोब्रा करेट जस्ता सर्पले टोकेका बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने गरेको छ। भाइपर प्रजातिका सर्पले टोकेर आउने बिरामीमा रगत पातलो हुने रगत बग्ने कलेजो र मृगौलामा असर पार्दा डाइलासिस गरि रगत चढाएर उपचार गर्ने गरेको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button