तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सरकारले गर्याे योजना आयोगमा उपाध्यक्ष र सदस्य नियुक्त

दाङ ।लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा सोमवार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मी मालिका गाउँपालिका–८ निवासी डा.डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले सदस्यहरूमा रोल्पा परिवर्तन गाउँपालिका–६ निवासी डा.सुदनकुमार वली, दाङ घोराही उपमहानगरपालिका–१६ निवासी भुवन चौधरी र रुपन्देही स्थित बुटवल उपमहानगरपालिका–१८ निवासी शान्ता देवि ढकाल लाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।

यस्तै बैठकले दाङ जिल्ला शान्तिनगर गाउँपालिका–४ चिरेघाटबाट परिवर्तनगरी सोही गाउँपालिकाको वडा नं. ४ स्थित जुम्लेकुलामा केन्द्र तोक्न नेपाल सरकारमा सिफारिस गरेर पठाउने निर्णय गरेको छ । गाउँपालिकाको १५ औँ गाउँसभाको दुई तिहाइ बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय पास गरेको थियो । यस्तै गुल्मीको मुसिकोट नगरपालिका र जापानको ओइता प्रिक्याक्चर, बुङ्गोओनो शहर बीच भगिनी सम्बन्ध कायम गर्ने आवश्यक निर्णयका लागी नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button