तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठकमा विभिन्न विद्ययक माथी छलफल

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन विधेयक २०७६ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल इन्जिनियरिङ परिषद पहिलो संशोधन विधेयक २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी आजको बैठकमा कानुन, न्याय तथा मावन अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले प्रमाण दोस्रो संशोधन विधेयक सम्वन्धी समितिको प्रतिवेदन २०७६, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले बिउ बिजन दोस्रो संशोधन विधेक सम्वन्धी समितिको प्रतिवेदन २०७६ र राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले लोक सेवा आयोग विधेयक सम्वन्धी समितिको प्रतिवेदन २०७६ पेश गर्नुभयो ।

यसअघि बैठकमा नेपाली काँग्रेसकी नेता पुष्पा भुषालले नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदार माथि राजनीति पूर्वाग्रहको आधारमा मुद्दा दर्ता गरेकोमा काँग्रेसको आपत्ति रहेको बताउनुभयो ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसद भुषालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो कार्य क्षत्रे बाहिर गएर दबाबमा आरोपपत्र दायर गरेको आरोप लगाउनुभयो ।

अख्तियार जस्तो संवैधानिक निकायले संविधानवादको विपरित कार्य गरेको र त्यस्ता कार्यको प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसले प्रतिवाद गर्ने बताउनुभयो ।

राष्ट्रिय जनता पार्टीका सांसद एकवाल मियाँले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सकरकारको लक्षमा आगामी फागुन ३, ४ र ५ गते प्रदेश नम्बर २ को सप्तरीमा हुने मुस्लिम समुदायको अन्तराष्ट्रिय इज्तमा कार्यक्रमले थप सहयोग गर्ने भएकाले सम्मेलनमा आवश्यक सहयोग गर्न माग गर्नुभयो ।

समाजवादी पार्टीका सांसद सरिता गिरिले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेको नेपालीलाई छिटो भन्दा छिटो नेपाल ल्याउने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले चीनबाट ल्याने नेपालीहरु भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन राख्ने विषय गलत भएको भन्दै क्वारेन्टाइन घनावस्ती बाहिर विश्व स्वास्थ्य संगठन ध्ज्इ को सिफारिशमा मात्र राख्न माग गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद आशा कुमारी वि.कले वझाङ जिल्लामा मंसिर २८ गतेदेखि हालसम्म ६ पटक हिमपात भएकाले जिल्लाको साइपाल गाँउपालिका वडा नम्बर ३,४ र ५ का करिब १५ सय जनता भोकमरीमा पर्ने अवस्था भएकाले तत्काल उचित व्यवस्थाका लागि माग गर्नुभयो ।

यसैगरी सून्य समयमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सदन मार्फत सरकारे ध्यानाकर्षण गराउनु भएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक भोलि दिनको १ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button