तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशबाट नेकपाका शारदा भट्ट विजयी

काठमाडौ । आज भएको राष्ट्रियसभा निर्वाचनबाट महिला सदस्यमा सुदूरपश्चिम प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शारदा भट्ट विजयी हुनुभएको छ ।

उहाँले तीन हजार सात सय ३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसी देवकोटाले एक हजार आठ सय ५४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button