तपाईँ सुन्दै हुनुहुन्छः

बिद्यार्थीलाई न्यानो कपडा वितरण

भोजपुर । पन्ध्र बर्ष अगाडीबाट भोजपुर नगरपालिका वडा नम्वर १२ टक्सारमा रहेको यशोधरा माध्यामिक बिद्यालयमा सञ्चालित सुस्त मनस्थिति श्रोत कक्षामा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

भोजपुर चलचित्रकर्मी संघ र सुनसरी सेवा समाजले श्रोत कक्षामा अध्ययरत १३ जना बालबालिकालाई आइतबार न्यानो कपडा वितरण गरेको हो ।

बालबालिकालाई भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले र सुनसरी सेवा समाजका उपाध्यक्ष रेवती रमण राईले न्यानो कपडा बितरण गर्नुभएको हो ।

श्रोत कक्षामा अध्ययनरत बालबालिकाहरुका लागि भोजपुर चलचित्रकर्मी संघका सदस्य राकेश श्रेष्ठले श्रोत कक्षाका प्रमुख दिपेन्द्र श्रेष्ठलाई तीन हजार नगद सहयोग समेत गर्नुभएको छ ।

भोजपुर चलचित्रकर्मी संघका अध्यक्ष बिनोद प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले चलचित्रकर्मी संघले जाडोको समयमा बिद्यालयमा अध्ययतरन सुस्त श्रवण कक्षाका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्नु खुशीको कुरा भएको बताउँदै यस प्रकारका सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button