तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्र दिवसमा तारकेश्वरमा रक्तदान कार्यक्रम

काठमाडौँ । १६औँ गणतन्त्र दिवसको उपलक्ष्यमा काठमाडौँको तारकेश्वर–१ मा आयोजित रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । 

नेपाल रेडक्रस सोसाइटीको समन्वयमा मेघासिटी टोल विकास संस्थाको आयोजनामा तारकेश्वर नगरपालिका वडा नम्बर–१ को मेघासिटी चोकमा आयोजित रक्तदान कार्यक्रममा विभिन्न ४२ जना व्यक्तिले रक्तदान गरेको कार्यक्रमकी संयोजक अर्चना अधिकारी भण्डारीले जानकारी दिनुभयो । 

रक्त अभावका कारण कोही बिरामीको उपचारमा समस्या नहोस् भनेर संस्थाले विभिन्न समयमा यस्ता रक्तदान कार्यक्रमहरू सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष धर्मराज गुरुङले बताउनुभयो । 

कार्यक्रममा तारकेश्वर–१ का वडाध्यक्ष विदुर सापकोटा, वडा सदस्य अच्युत राज कुँवरलगायतले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button