तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङमा स्कारपिओ दुर्घटना हुँदा ५ वर्षे बालकको मृत्यु, एक जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा स्कारपिओ गाडी आज दुर्घटना हुँदा ५ वर्षे बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  

नगरपालिकाको वडा नं ६ भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको मे १ च ७३५३ नम्बरको स्कारपिओ गाडी आज दुर्घटना हुँदा  ५ वर्षीय बालक अंशुमान गुरुङको मृत्यु भएको हो । भने चालक ठूलो बुबा कृष्ण गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन लिम्बूले जानकारी दिनुभयो । 

चालक कृष्णको दायाँ आँखाको डिलमा चोट रहेको प्रहरीले बताएको छ । गाडीमा सवार दुवै जनालाई घटनास्थलबाट उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएकोमा ५ वर्षे बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button