तपाईँ सुन्दै हुनुहुन्छः

बाघको आक्रमणबाट एक जना बेपत्ता

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा बाघले स्थानीय एक महिलालाई आक्रमण गरी बेपत्ता बनाएको छ ।

शुक्रबार दिउँसो बेलौरी नगरपालिका ८ पचुई कालो पुलनजिक घाँस काट्न गएकी ४२ वर्षीया गङ्गादेवी चन्दलाई बाघले आक्रमण गरी लगेको स्थानीयलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक सन्दीप चन्द्र शाहले जानकारी दिनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्ती सहितको टोली र बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिकहरूको टोली बोलाइ महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button