तपाईँ सुन्दै हुनुहुन्छः

झापाको बिर्तामोडमा आजदेखि फुटसल प्रतियोगिता

भद्रपुर, झापा । झापाको बिर्तामोडमा आजदेखि वडास्तरीय फुटसल प्रतियोगिता शुरु हुँदैछ ।

फुटसल खेलको प्रवद्र्धन तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजनामा आज र भोलि दुई दिने वडास्तरीय फुटसल प्रतियोगिता हुन लागेको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईँले आज अपराह्न उद्घाटन गर्नुहुने प्रतियोगितामा १० वटाका १० वटै टिम सहभागी हुने नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिनुभयो ।

प्रतियोगिता बिर्तामोड–१ स्थित एफ्सुलेट फुट्सलमा हुनेछ । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले रू २५ हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्ने समितिका सदस्य सुदिप खवासले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button