तपाईँ सुन्दै हुनुहुन्छः

‘समयमै उपचार गरे कुष्ठ रोगबाट बच्न सकिन्छ’

चितवन । कुष्ठ रोगको समयमै उपचार गरे कुष्ठ रोगबाट बच्न सकिने विज्ञहरूले बताउनुभएको छ । उहांँहरुले कुष्ठरोगको लक्षण थाहा हुनेबित्तिकै उपचार गरे कुरूप र अङ्गभङ्ग हुनबाट बच्ने समेत बताउनुभयो ।

७० औँ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा स्वास्थ्य कार्यालय चितवनले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँहरूले ६ महिनादेखि नियमित औषधि सेवन गरे पूर्ण रुपमा सर्ने र नसर्ने कुष्ठरोग निको हुने बताउनुभयो ।

कार्यक्रममा कार्यालयका क्षय–कुष्ठ अधिकृत जयराम दुवाडीले समयमै पत्ता लगाएर नियमित औषधि सेवन गरेमा कुष्ठरोग निको हुने बताउनुभयो ।

जिल्लामा हाल ५७ जना कुष्ठ रोगीले नियमित औषधि सेवा गरिरहेका छन् । सरकारले कुष्ठरोगको पहिचान र औषधि निःशुल्क गर्दै आएको छ । पूरा मात्रा औषधि सेवन गरेकाहरूलाई औषधिको मात्रा पूरा भएपछि एक हजार रुपैयाँ यातायात खर्च समेत दिने गरेको दुवाडीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button