तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा टिप्पर दुर्घटना, चालकको मृत्यु

पाल्पा । पाल्पामा गएराती टिप्पर दुर्घटना हुँदा टिप्पर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा गल्याङ्ग नगरपालिका १ राम्दीका २२ वर्षीय सरोज न्यौपाने रहेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका ५ केराबारी नजिकै पाल्पाबाट बुटवल तर्फ जाँदै गरेको ना ८ ख ७९२४ नम्बरको टिप्पर गएराती करिब साढे ११ बजे दुर्घटना भई सडकबाट करिब १३ सय मिटर तल खसेको थियो । 

दुर्घटना पश्चात् खोजतलास गर्ने क्रममा न्यौपानेको शव आज बिहान करिब पौने ८ बजेको समयमा तिनाउ खेलामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button