तपाईँ सुन्दै हुनुहुन्छः

पी पी एलः चितवन राइनोजको दोश्रो जित

पोखरा । पोखरा प्रिमियर लिगमा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ । विहिबार भएको खेलमा चिवतनले बुटवल ब्लास्टर्सलाई ११९ रनले हरायो ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा तीन विकेट गुमाउँदै २०३ रन बनायो ।

जवाफमा बुटवल १८ ओभर चार बलमा ८४ रनमा अलआउट भयो । बुटवलका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button