तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा चार तले घरबाट खसेर मजदुरको मृत्यु

पाल्पा । पाल्पाको रामपुरमा घर प्लास्टर गर्ने क्रममा चार तला माथिबाट खसेर एक जनाको मृत्यु भएको छ । 

आज बिहान करिब १० बजेको समयमा रामपुर नगरपालिका–५, बेझाडस्थित दुर्गा केसीको चार तले पक्की घर प्लास्टर गर्ने क्रममा खसेर पर्सा छिपहरमाई–३, मंगलापुरका २५ वर्षीय गजेश कुसुहवाको मृत्यु जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ  ।

घाइतेको उपचारका लागि रामपुर अस्पताल पठाएकोमा त्यहाँ उपचार हुन नसकी तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको थियो । मेडिकल कलेजमा उपचारको घाइते कुसुहवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button