तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरी क्षेत्र नम्बर ४ को मतगणना अनिश्चित

सुनसरी । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना शनिवार दिउसोबाट स्थगित भएको तेस्रो दिन पनि सुचारु हुनसकेको छैन ।

मतगणना सुरु गर्ने विषयमा दुई दिनमा दुई पटकसम्म सर्वदलीय बैठक बसे पनि विना निष्कर्ष सकिएकाले सोमबार पनि मतगणना अनिश्चित बनेको छ ।

इनरुवा स्थित भगवती माध्यमिक विद्यालयमा शनिवार साँझ र आइतबार बिहानदेखि मध्यान्न दुई पटक सर्वदलीय बैठक बसेको थियो ।

नेपाली काँग्रेसको तर्फबाट सुनसरी ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गणना भएको मत पत्रको फेरि मतगणना गर्नुपर्ने माग गर्नुहुँदै निवेदन दिनुभएको छ ।

उता नेकपा एमालेका तर्फबाट उम्मेदवार रहनुभएका जगदीश प्रसाद कुसियैतले सोमबार दिउसो पत्रकार सम्मेलन गरेर यथास्थितिमा मतगणना सुचारु गर्नुपर्ने माग गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button