तपाईँ सुन्दै हुनुहुन्छः

‘हरहर बासना अगरबत्तीको’ नामक तीज गीत बजारमा

काठमाडौँ । हरितालिका तीज पर्व नजिकिँदै गर्दा कलाकारहरूले पनि तीज केन्द्रित गीतहरू धमाधम बजारमा ल्याएका छन् । 

यसै क्रममा चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेलले पनि ‘हरहर बासना अगरबत्तीको’ नामक तीज गीत बजारमा ल्याउनुभएको छ । पौडेलकै स्वर र शब्द रहेको गीतमा गायिका आशा बिसीले साथ दिनुभएको छ । रवि कार्कीले लय सङ्कलन गर्नुभएको यस गीतको म्युजिक भिडियोको निर्देशन विष्णु भट्टराईले गर्नुभएको छ भने म्युजिक एरेन्ज कृष्ण केसीको रहेको छ ।

‘हरहर बासना अगरबत्तीको, कसले माया गर्छ तिम्लाइ मैले जत्तिको’ गीतमा पौडेललाई छोरी स्वीकृति पौडेलले पनि अभिनयमा साथ दिएकी छिन् । नवीन पौडेलका यसअघि ‘बोल्नुपर्छ ओई’, ‘लेउ खुकुरी लेउ, पर्याे देशलाई चोट’, ‘कस्तो आयो जमाना’ लगायतका गीतहरू बजारमा आइसकेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button