तपाईँ सुन्दै हुनुहुन्छः

‘सिर्जनामा इनरुवा’ साहित्यिक कार्यक्रमको १५ औँ शृङ्खला सम्पन्न

सुनसरी । सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा’ साहित्यिक कार्यक्रमको १५ औँ शृङ्खला सम्पन्न भएको छ ।

इनरुवाका साहित्यकार र पत्रकारहरूको रचना, विचार र कला प्रस्तुत गर्ने थलोको रुपमा रहेको सिर्जनामा इनरुवाको १५ औँ शृङ्खला शनिवार सम्पन्न भएको हो ।

गीत, गजल, कविता र लघु नाटकसहित १५ औँ शृङ्खला इनरुवा–३ को जनता आधारभूत विद्यालयको समन्वयमा सम्पन्न भएको जनाएको छ ।

कार्यक्रममा इनरुवा नगर क्षेत्रसहित इटहरी उपमहानगरपालिका र विराटनगरका साहित्यकार तथा कलाकारहरूको उपस्थिति रहेको थियो । सम्पन्न कार्यक्रममा कलाकार तथा पत्रकार र साहित्यमा रुचि राख्ने २५ बढी सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा साहित्यकार फणीन्द्र प्रसाद दाहाल, टिका सिवाकोटी, कान्ता पोखरेल भट्टराई, विमला पोखरेल, कृष्ण प्रसाद नेपाल, शुष्मा तिमिल्सीना, इनरुवा ३ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठ, कार्यक्रमका अध्यक्ष लीलानाथ सिलवाल लगायतले रचना वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button