तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा ७ पालिकाको अन्तिम नतिजा सार्वजनिक 

बाजुरा । बाजुरा जिल्लाका ९ स्थानीय तह मध्ये ७ वटा स्थानीय तहको मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएको छ । 

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम जिल्लाका ९ पालिका मध्ये ७ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । बडीमालिका नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका जगन्नाथ र हिमाली गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

मतगणनाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा बडीमालिका नगरपालिका, जगन्नाथ गाउँपालिका, गौमुल गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाको प्रमुख पद नेकपा एमालेले विजयी हासिल गरेको छ । 

नेपाली काँग्रेस त्रिवेणी नगरपालिका, हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकामा प्रमुख पदमा विजयी भएको छ । 

बडीमालिका नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका अमर बहादुर खड्का र उप प्रमुखमा नन्दा कुमारी थापा निर्वाचित भएको छ भने, त्रिवेणी नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका कर्ण बहादुर थापा, उप प्रमुखमा कमला कुमारी जैशी न्यौपाने विजयी हुनुभएको छ । त्यस्तै गौमुल गाउँपालिकाको अध्यक्षमा एमालेका हरि बहादुर रोकाया र उपाध्यक्षमा सीता थापा, जगन्नाथ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका काली बहादुर शाही र उपाध्यक्षमा मरुकला विष्ट त्यस्तै खप्तड छेडेदह गाउँपालिकाको अध्यक्षमा एमालेका दिल बहादुर रावत र उपाध्यक्षमा नेपाली काँग्रेसकी विशु नाथ विजयी बन्नु भएको छ ।

त्यस्तै स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्षमा काँग्रेसका भरत बहादुर रोकाया उपाध्यक्षमा मैनादेवि जोशी तथा हिमाली गाउँपालिकामा भने अध्यक्षमा काँग्रेसका गोविन्द बहादुर मल्ल र उपाध्यक्षमा एमालेकी राजकला सार्की विजयी हुनुभएको छ। 

बुढीनन्दा नगरपालिकाको मत गणना कार्य जारी रहेको छ भने बुढीगंगा नगरपालिकाको मतगणना हुन बाकी नै रहेको छ । बाजुरा जिल्लाका ६९ वटा वडा मध्ये ४९ वटा वडाको मत परिणाम सार्वजनिक हुँदा २६ वटा वडामा नेकपा एमालेको सिङ्गो प्यानल सहित विजय भएको छ भने २२ वटा वडा नेपाली काँग्रेस र माओवादी केन्द्रले ३ वटा वडामा जित हासिल गरेको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button