तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपालको भूभाग अतिक्रमण भएकोमा सरकार गम्भीर हुनुपर्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता झलनाथ खनालले भारतद्वारा हालै प्रकाशित नक्सामा नेपालको भूभाग अतिक्रमण भएकोमा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ नेता खनालले आज प्रेस नोट जारी गरी ऐतिहासिक काल देखिका तथ्याङ्क प्रस्तुत गर्न, भारत सरकारसँग अविलम्ब वार्ता गर्न र कुटनीतिक ढङ्गले समस्याको समाधान गर्दै नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button